२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा पक्षमा रहेका नेताहरुले अब के गर्लान् ?

741
shares

 

काठमाडौ । मुलुककै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेस पटक पटक विभाजित हुँदै पुन एक हुँदै आएकोमा यस पटक १४ औँ महाधिवेशनबाट सभापति बनेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विपी कोइराला परिवारका सुजाता कोइराला बाहेकका कसैले पनि गगन थापा नेतृत्वको महाधिवेशनमा भाग लिएनन् ।
२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यपछि पुराना भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु र दलका शिर्ष नेताहरुका निजी निवास खोजी खोजी आगजनी गरिएका थिए भने देउवालाई निजकै घरमै गएर कुटपिट समेत गरिएको थियो ।
पूर्व सभापति देउवा दम्पत्ति लामो समयसम्म विदेशमा उपचार गराएर त्यही बसेकाकोमा देउवा मात्र स्वदेश फर्किएका छन् भने उनकी श्रीमती आरजु देउवा अहिलेपनि विदेशमै रहेकी छन् । देउवा विदेशमा नै रहेका बेला कांग्रेसका तत्कालिन महामन्त्री गगन थापासहितका व्यक्तिहरुले विद्रोह गरी विशेष महाधिवशन गर्दै गगन थापालाई सभापति बनाएका थिए । अहिले थापाकै नेतृत्वमा १५ महाधिवेशन भएको छ भने देउवा सहित देउवा पक्षका र अर्का नेता शेखर कोइराला पक्षका केही नेता तथा कार्यकर्ताहरुले १५ औँ महाधिवेशनमा भाग नलिएका हुनाले कांग्रेसका धेरै नेता तथा कार्यकर्ताहरु पार्टीबाहिरै रहेका छन् ।
देउवा सहित गणेशमानका छोरा प्रकाशमानसिंह विपीका छोरा शकांक कोइराला, विपीका भतिजा शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, महेन्द्रनारायण सिंहका छोरा, विमलेन्द्र निधि, पूर्व गृहमन्त्री रमेश लेखकलगायत दर्जनौँ नेताहरु गगन थापाको नेतृत्वको महाधिवेशनमा सहभागि भएनन् भने देउवा पत्नी आरजु देउवा सहितका पूर्व मन्त्रीहरु पूर्व सांसदहरु पार्टीका पूर्व पदाधिकारीहरु लगायत ठुलो जमात पार्टी बाहिरै रहेको भएपनि विशेष महाधिवेशनलाई सभापति देउवाले अस्वीकार गर्दै आफ्नो नेतृत्वको नेपाली कांग्रेसलाई नै मान्यता दिनुपर्ने भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका र सो मुद्दा विचाराधिन रहेको हुनाले मुद्दाको टुँगो नलागेसम्म नेपाली कांग्रेस विभाजित अवस्थामै रहने प्राय निश्चित रहेको छ । कांग्रेसका पूर्व उपसभापति पूर्ण बहादुर खड्का समेत बाहिरै रहेकाले उनीहरु सबैलाई सम्मान जनक अवस्थामा पार्टीमा ल्याउन सभापति थापालाई फलामको च्युरा चपाउने सरह भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports