बुटवलकी चर्चित माओवादी नेतृ एमालेमा प्रवेश
वि.सं.२०७८ चैत २६ शनिवार ०७:५१
shares

रुपन्देही । रुपन्देहीकी नेकपा माओवादी केन्द्रकी चर्चिच नेतृ मञ्जु भुसाल आफ्नो टीम सहित नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्र बाट उपमेयरको दावी गरिरहेकी भुसाल सहितको २ सय ५० जनाको टोली एमाले प्रवेश गरे सँगै माओवादी झन् कमजोर बनेको छ ।माओवादी आफ्ना मान्छेहरुलाई मात्रै नेतृत्वमा भूमिका दिएपछि असन्तुष्ट बनेकी भुसाल एमालेमा आएकी हुन् ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य मणि थापा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले भुसाल सहितको टिमलाई एमालेमा स्वागत गरेका छन् ।






































