नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो : अध्यक्ष ओली

676
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताए । ‘थुतुना भरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’

उनले निलम्बित गभर्नर अधिकारी अर्थतन्त्र जोगाउनका लागि प्रयासरत रहेको जिकिर गरे । ‘सरकारले गभर्नरलाई कारबाही गर्‍यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

उनले गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबीन समिति बनाएको आरोपसमेत लगाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports