नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीमबहादुर विकको कुटपिट बाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गर्यो

494
shares

चितवन । यसवर्षको दसैंको महानवमीको दिन चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिट बाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेश प्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको हो । न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले शुक्रबार गरेको फैसला अनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

प्रहरी हिरासतमा बसेको दिन देखि कैद समय गणना हुने हुँदा श्रेष्ठको कैद अवधि चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हाल सम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा छन् । दुवै आरोपितलाई कात्तिक २२ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । प्रहरीले घटना भएकै दिन त्यसमा संलग्न भनिएका ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । दिलिप पल्लवी फार्मेसीका सञ्चालक हुन् । केही दलित अधिकारकर्मीले मन्दिर पस्न खोज्दा, बलि चढाउन माग गर्दा भीमबहादुर माथि कुटपिट र त्यसपछि हत्या भएको दावी गर्दै आन्दोलन गरेका थिए ।

तर, जातीय विभेद हुने कुनै पनि प्रमाण र तथ्य नभेटेको प्रहरीले बताउँदै आएको थियो ।
मृतकका छोरा २८ बर्षका किसन बिकले लेखेको जाहेरीमा समेत जातीय विभेद सम्वन्धी विषय उल्लेख थिएन । भीमबहादुर माथि आरोपित सीताराम र दीलिपले कुटपिट गरेका थिए । उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरेकाले कुटपिट गरेको बताएका थिए । पोष्टमार्टम रिपोर्टमा भीमबहादुरको मृत्यु टाउकोमा लागेको चोटकै कारण भएको उल्लेख थियो ।

प्रहरीले अनुसन्धानमा जातीय विभेदको केही तथ्य नभेटिएको बताएको थियो भीमबहादुर विकको मृत्यु सम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएको थियो । मृतकको परिवारले गृह मन्त्रालय बाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports