२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जानकारी नदिए हटाएकोमा सुदूरपश्चिमका पूर्वमन्त्री तामाङले गरे गुनासो

1.26K
shares

धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् ।मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पद बाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर भयो रे भन्ने सुनियो त !’ भनेर व्यङ्ग्य गरेका तामाङले मन्त्रिपरिषद् हेरफेर गर्दा एकीकृत समाजवादी पार्टीको नेतृत्व र गठबन्धनले कुनै सल्लाह नगरेको दाबी गरे । ‘मलाई जानकारी नदिएरै पद बाट हटाइएको हो । आफैंलाई थाहा छैन मन्त्री बाट कहाँ राजीनामा गर्नु ? गरेको छैन । मैले बाहिर बाट मात्र सुनेको हो’ तामाङले भने, ‘चुनावका बेला हरेक गतिविधिले पार्टी र गठबन्धनलाई असर गर्छ नेतृत्वले सरसल्लाह गर्नुपर्थ्यो भन्ने हो ।’

सरकारमा सहभागी गराइएको नेपाली कांग्रेसले पनि आफ्नो मन्त्रालय मागेको अवस्थामा आफू माथि अन्याय भएको उनको गुनासो छ । ‘गठबन्धनमा दिनै पर्ने भन्ने कुरा भएमा चित्त बुझाउने बाटो हुने थियो तर सब भन्दा ढिलो आएको भनेर कांग्रेसले मेरो मन्त्रालय मागेको पनि छैन’ उनले भने । मन्त्री पद स्थायी नहुने भएकाले कुनै न कुनै दिन जाने कुरा सामान्य नागरिकलाई समेत थाहा भएको बताउँदै उनले आपसी छलफल र सरसल्लाह विना हटाइनु गलत भएको बताए ।

एकीकृत समाजवादी पार्टीले भने मन्त्री पद बाट फिर्ता बोलाइएकाहरूले राखेको असन्तुष्टिको कुनै अर्थ नहुने बताउने गरेको छ । सरकारमा पठाउने बेला नै जुनसुकै बेला त्याग गर्नुपर्ने भनेर पठाइएकाले अहिले आएर असन्तुष्टि व्यक्त गर्न नहुने उसको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउन केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । सो क्रममा एकीकृत समाजवादीका तर्फ बाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका दीर्घ सोडारी बाहेकका दुई जनामन्त्री र तीन राज्यमन्त्री फिर्ता भएका थिए । उनीहरूको ठाउँमा नेपाली कांग्रेसले दुई मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादी बाट एक मन्त्री र दुई राज्य मन्त्री थपिएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports