विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरीका आईजीपी खनाल अवकाशमा, को बन्ला २१ दिने आईजीपी

598
shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको छ। चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अवकाशमा गएका छन्। सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको हो। खनाल अवकाशमा गइरहँदा सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुंगो लगाउन सकेको छैन। स्थानीय तहको निर्वाचन नजिकिइरहेका बेला प्रमुख सुरक्षा निकाय मध्ये सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुन लागेको हो।

तर, सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुने छ। हाल एआइजी रहेका दुई जना मध्ये बाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ। २१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआइजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ। उनीहरू खनालकै ब्याचमेट हुन्। उनीहरू उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदैछन्। त्यसपछि पुन: नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था छ, त्यही दिन नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक सहित एआइजीहरू अवकाशमा जाँदैछन्।

१९ दिनका लागि कसलाई सशस्त्रको नेतृत्व सुम्पिने भन्ने कुरामा भने मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन। लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गर्छ। सशस्त्रको नेतृत्वका लागि भने कडा प्रतिस्पर्धा हुने देखिन्छ। आइजी लागि हालका डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन्। अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका हुन्। गौतम २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानी बाट आएका हुन्। सशस्त्र प्रहरीको स्थापना सँगै उनीहरू २०५८ मा एकै पटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।

हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो बरियतामा छन्। उनीहरू सबै भावी आइजीको दौडमा छन्। वरियतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल भने आइजीको दौडमा छैनन्। उनी त्यस पछि हुने एआइजी बढुवामा आफ्नो दाबी नछोड्ने अडानमा छन्। सशस्त्र प्रहरीमा दुई जना मात्रै एआइजी रहने व्यवस्था छ। डिआइजी बाट सिधै आइजी नियुक्ति गर्ने व्यवस्था नियमावलीमा नभएका कारण सरकारले भावी आइजीका लागि अहिले नै एआइजी नियुक्ति गरिसक्नुपर्ने अवस्था छ।

सशस्त्र प्रहरीमा विशिष्ट श्रेणीको पद कम भएको गुनासो छ। दुई जनाको मात्रै विशिष्ट श्रेणीको पद रहँदा व्यावसायिक छवि बनाएका अधिकृतहरू डिआइजी बाटै घर फर्किने अवस्थामा छन् भने विभागहरू विशिष्ट श्रेणी विहीन छन्। नेपाल प्रहरीमा सरकारले घरी-घरी दरबन्दी बढाएर तीन बाट आठ एआइजी पुर्‍याइसकेको छ। तर, सशस्त्र भने दुई वटा विशिष्ट श्रेणीको पदमा चित्त बुझाइरहेको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports