विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संञ्चारगृह विरूद्ध नेपाल पत्रकार महासंघले आन्दोलन गर्ने

611
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने र विभिन्न बहानामा निष्काशन गर्ने सञ्चार गृहका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघमा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरूले महासंघले घोषणा गरेको अन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । महासंघमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासंघले पटकपटक पत्राचार, वार्ता, र दबाव दिँदा समेत बेवास्ता गरेका कारण महासंघ आन्दोलन गर्न बाध्य भएको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको श्रम सम्बन्धी समस्या समाधान गर्न महासंघ कानूनी र आन्दोलनका कार्यक्रमलाई सँगसँगै लिएर अघि बढ्ने बताए । त्यस्तै महासंघकी उपाध्यक्ष बाला अधिकारीले सञ्चारगृहले पत्रकारलाई विभिन्न बाहानामा श्रम शोषण गरेको भन्दै त्यसका विरुद्ध महाहासंघले आन्दोलनमा उत्रिएको बताइन् । महासंघका महासचिव रोसन पुरीले पत्रकारको श्रस सम्बन्धी समस्या देशैभरी रहेको भन्दै त्यसको समाधान गर्न महासंघ लागिरहेको बताए । उनले काठमाडौं उपत्यकामा धेरै पत्रकार पीडित भएका कारण हाल आन्दोलनका कार्यक्रम काठमाडौं केन्द्रीत भएको बताए ।

कार्यक्रममा कान्तिपुर टेलिभिन बाट निश्काशित पत्रकार दीपा दाहालले आफनो समस्याहरू बारे जानकारी गराएकी थिइन् । त्यसमा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, डब्ल्यूडब्ल्यूजेकी उपाध्यक्ष रामकला खड्का, नेपाल प्रेस युनियनकी उपमहासचिव सलोजा दाहाल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगर लगायतका प्रतिनिधिले पत्रकार महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाएका छन् । महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समिति तथा आम श्रमजीवि पत्रकारलाई निरन्तरता दिँदै घोषित संर्घषका कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports