विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजै बाट सरकारले २० प्रतिशत इन्धन खर्च कटौति गर्ने

624
shares

काठमाडौं । सरकारले सोमबार बाट २० प्रतिशत इन्धन खर्च कटौति गर्ने निर्णयलाई कार्यन्वयन ल्याएको छ । जसका लागि अर्थमन्त्रालयले सरोकारवाला सबैलाई एक सूचना जारी गर्दै इन्धन खर्च कटौति गर्न निर्देशन दिएको छ । अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।

वढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्येनजर इन्धन कटौति गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थि वर्ष २०७८र७९ मा इन्धन शिर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने निर्णय गरेको थियो ।

इन्धन शिर्षकमा विभिन्न मन्त्रालय र निकाय तथा नेपाल सरकार संग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्नुपर्नेछ । यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने अर्थमन्त्रालयले प्रष्टयाएको छ ।

छुट्टै ऐन बाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौति हुने अर्थमन्त्रालयले जनाएको छ । इन्धन कटौति हाललाई २०७९ असार मसान्त सम्म लागु हुनेछ । यो निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरु, सवै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट हुने अर्थले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports