विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हायात होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने

520
shares

काठमाडौं । गोल्यान समूहको होटल हायात प्यालेसले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। होटलको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ। यसआधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ।

हायात प्यालेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो। काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँतारे होटलमा एक सय ५३ वटा कोठा छन्। कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ। यो अवधिमा होटलले लिएको कर्जा दुई अर्ब ८४ करोड रकम कायम थियो। यो रकम होटलमा खर्च भइरहेको हो।

होटल सन् २०२१ अगष्ट बाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो। तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो। २१ जुनको विवरण अनुसार होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports