linktrix Long Ad
Salt Trading Long Ad

चार डिआइजीको पदस्थापन र चार डिआइजीको सरूवा

689
shares

काठमाडौं। नेपाल प्रहरीले हालै बढुवा भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन गरेको छ। साथै चार जना डिआइजीको सरूवा समेत गरेको छ।  शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका चार जनाको पदस्थापन गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङमा पदस्थापन भएको छ।  प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयका मोहनकुमार आचार्यको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा कार्यरत राजेन्द्रप्रसाद चौधरीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा कार्यरत मसाउद आलम खाँको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापन भएको हो।

यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा रहेका मुकुन्दराज आचार्यको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालयमा सरूवा भएको छ।  प्रधान कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत पूजा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा भएको छ। उनको ठाउँमा मधेस प्रदेश प्रहरी कार्यालयमा रहेका उमेश रन्जितकारलाई पठाइएको छ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा रहेका पुरूषोत्तम कँडेलको केन्द्रीय अनुसुन्धान ब्युरोमा सरूवा भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports