निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेय प्रहरी नियन्त्रणमा
वि.सं.२०७९ वैशाख १० शनिवार १५:१५
shares

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा माओवादी क्रान्तिकारीले नवलपरासीको सुनवल क्षेत्रमा शनिबार आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न पुगेका पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको महासंघका अध्यक्ष नारायण पंगेनीले जानकारी दिए ।
निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गरेकै आधारमा पाण्डेयलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको पंगेनीले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।पाण्डेयलाई पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले उनलाई विनाशर्त अबिलम्ब रिहाई गर्नु पर्ने माग गरेको छ ।


































