४ महानगरमा उम्मेदवारको टुंगो लगायो राप्रपाले, बाँकी २ महानगरको आज अबेर सम्म टुंगो लगाइने
वि.सं.२०७९ वैशाख १० शनिवार १८:२३
shares

काठमाडौं। राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ । त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ ।
काठमाडौंको उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेर सम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।































