सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा

533
shares

नेपालगञ्ज । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।

सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । माओवादीका बाँके जिल्ला अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गरी २०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा रहे पनि नेपालगञ्जमा उपमेयर समेत नपाएकाले एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताए । उनले स्थानीय तह चुनावमा नेपालगञ्जमा गठबन्धनको औचित्य नै नरहेको समेत बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports