२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मयेर उपमेयरको उम्मेदवार चयन गर्न काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

936
shares

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले बताए ।

त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेता बीच अनौपचारिक छलफल हुने छ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो । काँग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने तयारी छ ।

काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन । सत्ता गठबन्धन भित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports