तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन

455
shares

काठमाडौं ।काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुल नजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।

बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगरको मृत्यु भएको हो।उनीहरू दुबैको टाउको र शरीरको भित्रि भागमा चोट लागेर घाइते भएपछि तत्काल ट्रमा सेन्टर लगिएको थियो।

उनीहरूको उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको परिसरले जनाएको छ। मोटरसाइकल कसले चलाएका थिए खुलेको छैन। घटना सम्बन्धी आफन्तलाई जानकारी गराइसकेको छ। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports