स्थानीय तहको निर्वाचनका लागी आज देखी मतपत्र ढुवानी हुने
वि.सं.२०७९ वैशाख १३ मंगलवार ०७:१५
shares

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी आज देखि नै मतपत्र ढुवानी गरिने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको बताए । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।


































