तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार पौडेललाई आर्थिक सहयोग प्रदान

520
shares

वासिङ्टन डीसी। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इञ्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

इञ्जा एशियाका उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत छन् । टिचिङ अस्पतालमा उपचार गराइरहेका भएका न्यौपानेलाई उक्त रकम इञ्जा ग्लोबलका सचिव दीपक रिजालले हस्तान्तरण गरेका थिए ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इञ्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इञ्जा ग्लोवलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी गराएका छन् । अध्यक्ष लुइँटेलले बरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

रकम हस्तन्तरणपछि वरिष्ठ पत्रकार न्यौपानेले इञ्जाले आफूलाई सहयोग गरेको धन्यवाद ज्ञापन गरेका छन् । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports