सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरियन भाषा परिक्षा स्थगित, कारण देखाइयो स्थानीय तहको निर्वाचनलाई

884
shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै यही वैशाख २६ गते देखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।

ईपीएस अन्तर्गत अहिले सम्म नेपाल बाट ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् ।त्यसमध्ये ३५ हजार नेपाली अझै पनि कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । नेपाल बाट सन् २०१९ मा ७ हजार १ सय ३६, सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८ सय ३ जना नेपाली रोजगारीका लागि गएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports