विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनसरीको बराहका माओबादीहरूले गरे माओबादी परित्याग

572
shares

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका माओवादी अध्यक्ष कमलबहादुर कटवालले गठबन्धन प्रति असन्तुष्टि जनाउँदै पद बाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलन मार्फत माओवादी त्यागेको घोषणा गरेका हुन् ।

माओवादी त्यागेको घोषणा गर्दै उनले भने– माओवादी दलाल, पुँजिपति र नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको छ । जसकारण अब माओवादीमै रहनसक्ने अवस्था रहेन । स्थानीय चुनावमा माओवादीको शक्तिशाली जनाधार रहेको क्षेत्र समेत छोड्नु परेको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

बराह क्षेत्रमा यसअघि पनि थुप्रै माओवादी नेता कार्यकर्ताले पार्टी छाडिसकेका छन् ।वडा नम्बर १ मा अध्यक्षको टिकट नपाएका रन्जित लोहनी, इन्चार्ज प्रकाश राई, सचिव निमेश किराँती, उपाध्यक्ष गंगामाया नेपाली, सहसचिव भीम लकान्द्री, कोषाध्यक्ष मन्दिरा कार्की, सदस्यहरु खगेन्द्र कार्की र रामबहादुर विस्टले पनि राजीनामा दिएका छन् । लोहनी र विस्टले स्वतन्त्र उमेदवारी समेत दिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports