विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नेता एमाले बाट उम्मेदवार

598
shares

रौतहट ।केहि दिन अघि सम्म नेपाली कांग्रेस पार्टीमा मेयर पदको प्रवल दावेदार सेख एकरामुल हक एमाले बाट टिकट लिएर मैदानमा उउनु भएको छ । अगामी ३० गते हुने स्थानीयतहको निर्वाचनमा हक रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले बाट मेयर पदमा भिडनु भएको हो ।


कनकपुरका पुर्व गाविस अध्यक्ष तथा गुजरा नगरपालिकाका मेयर प्रत्याशी स्वर्गीय सेख दाउदका छोरा तत्कालीन कांग्रेस महाधिवेशन प्रतिनिधि हक केहि दिन अघि मात्र पार्टी परित्याग गर्नुभएको थियो । कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । गुजरा नगरपालिकामा एमाले बाट मेयर हकसंगै उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रनु भएको छ ।

यस्तै गुजरा १ को वडा अध्यक्षमा रामजित चौधरी,२ मा बिक्रम भन्ने मिरबहादुर स्थानी मगर,३ मा गजेन्द्र चौधरी ,४ बाट कुमार भन्ने झमक प्रसाद चौलागाईं र ५ बाट सम्भ साहले उम्मेद्बारी दिनुभएको छ । त्यस्तै वडा ६ मा मोसाफिर यादव,७ मा राजेश चौधरी ,८ मा रामबाबु चौधरी र वडा ९ मा सोभालाल चौधरीले वडा अध्यक्षको लागि मैदानमा उत्रिएको एमाले गुजरा नगर कमिटी अध्यक्ष सम्भु चौधरीले जानकारी दिएका छन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports