ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु : ओलीको गगनलाई जवाफ
वि.सं.२०७९ वैशाख १५ बिहीवार २१:१०
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिको जवाफ दिएका छन् ।
एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई भने, ‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु ।’ ‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला,’ ओलीले भने, बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु र !’
ओलीले एमालेको चुनावी घोषणापत्र चोरेको आरोप लगाएपछि कांग्रेस महामन्त्री थापाले एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्वृद्ध नेपाल बीच के फरक छ भनेर ट्युसन पढाउन बालकोट आउने बताएका थिए ।




































