नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लागु औषध खैरो हेरोइन किनबेच विवादमा अपहरण

468
shares

काठमाडौं ।सिनामंगल स्थित नोबल अस्पताल अगाडिको सडक बाट युवक अपहरण गरेको सुचना प्रहरी कन्ट्रोलमा आयो । सो सूचनाको आधारमा बिहिबार साँझ पुरानो बानेश्वर बाट बा.१६ च ४७७३ नम्बरको स्कर्पियोमा सवार ५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । अपहरित युवक सो स्कर्पियोमै भेटिए ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहिबार साँझ उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा सुर्खेत घर भएका निरज केसी, चितवन घर भएका सौजन्यसिंह ठकुरी, भक्तपुर घर भएका आशिष कोजु, रुकुम पश्चिम घर भएका शिव सज्जन वली र सिन्धुपाल्चोकका सन्तोष न्यौपाने छन् ।

लागु औषध किनबेच गर्नेबारे विवाद हुँदा उनीहरुले युवकलाई अपहरण गरेको प्रहरीको अनुसन्धान बाट थाहा भएको छ । अपहरित युवक पनि लागुऔषध प्रयोगकर्ता हुन् । ५ जनाले उनलाई खैरो हेरोइनको ‘डिलर’ देखाउन आग्रह गरेको तर, ति युवकले नमाने पनि उनीहरुले जबर्जस्ती गाडीमा राखेका थिए ।

सो दृश्य देखेर स्थानीयले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेका हुन् ।​ आरोपी बिरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार अपहरण गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports