सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारका पूर्व प्रमुखसहित दुवै आयुक्त विभूषित

481
shares

काठमाडौ । ५ वर्ष पुरा भई ६ वर्ष लागेको उपलक्ष्यमा अर्थात संविधान दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रका विभिन्न महानुभावहरुलाई मानपदवी अलंकार र पदकहरुद्वारा विभुषित गर्ने घोषणा संविधान दिवस असोज ३ गते गरिएको छ । सरकारले प्रत्येक वर्ष असोज ३ गते त्यस्ता मानपदवी अलंंकार र पदकहरु दिने गरेको छ । असोज ३ गते घोषणा गरिएका मानपदवी अलंकार र पदकहरु नयाँ वर्षको उपलक्ष्यमा बैशाख १ गते राष्ट्रपति कार्यालयमा एक कार्यक्रम गरी राष्ट्रपतिबाट वितरण गर्ने गरेको छ ।

विगत वर्षहरु जस्तै यस वर्ष पनि विभिन्न व्यक्तिहरुले मानपदवी अलंकार र पदकहरु पाएपनि त्यो विवादमुक्त भने हुन सकेन । एउटै संस्थाका ३ जनालाई पदकहरु दिने सरकारको निर्णयको निकै आलोचना भएको छ । भ्रष्टाचारलाई न्यूनीकरण र नियन्त्रण गर्न भनेर गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि बेला बेलामा गम्भीर आरोपहरु लाग्ने गरेकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ताधारी दलको विपक्षीहरुलाई तह लगाउने काममा प्रयोग भएको र ठुला ठुला भ्रष्टाचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चीट दिने थलोको रुपमा चिनिन थालेको छ भने हजार दुई हजार घुस खाएको आरोपमा सरकारी कर्मचारीहरुलाई मुद्दा चलाउने संस्थाका रुपमा चिनिँदै आएको छ ।

केही महिना अगाडि एक हजार घुस खाएको आरोपमा मालपोत कार्यालयका एक खरिदार रामचन्द्र सुवेदीलाई पक्राऊ गरी ४१ दिन अख्तियारको हिरासतमा राखियो । सुवेदीलाई विशेष अदालतमा मुद्दा चलाइएपछि १० महिनामा उनले सफाई पाएका भएपनि घुस खाएको आरोप खप्न नसकि सुवेदीले आत्महत्या गरे । अहिले तिनै सुवेदीलाई हिरसातमा राख्न आदेश दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त र दुई आयुक्तहरुलाई पदक प्रदान गरिएको छ । पूर्व प्रमुख आयुक्त नविन कुमार घिमिरेलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) आयुक्त गणेशराज जोशीलाई सुकिर्तिमय राष्ट्रदिप तृतीय र आयुक्त डा. सावित्री गुरुङलाई सुप्रवल जनसेवा श्री तृतीयबाट विभुषित गर्ने घोषणा गरिएको छ ।

सत्ताधारी दल र सरकारको निर्देशनअनुसार मुद्धाहरु ठुला भ्रष्टाचारका फाइलहरु तामेलीमा राखिएका र ठुला ठुला भ्रष्टाचारका मुद्दाहरुको छानविन नै नगरी त्यत्तिकै फाइल राखिएको हुनाले तिनै जना आयुक्तहरुलाई बदलामा पदक द्वारा विभुषित गर्ने निर्णय सरकारले गरेको छ । खरिदार र सुब्बासम्मका व्यक्तिलाई दुई चार हजार घुस खाएमा मुद्दा चलाउने आयोगले करोडौं अबौंमा मुद्दा चलाउन सक्ने कुरै भएन त्यसैले उनीहरु विभुषित हुने भए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports