अछामका कांग्रेस क्षेत्रिय सहसचिव सहित दुई दर्जन भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश
वि.सं.२०७९ वैशाख १७ शनिवार १५:४५
shares

काडमाडौँ। अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिव सहित दुई दर्जन कार्यकर्ता पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्।
क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव पुष्पराज भण्डारी सहित दुई दर्जन नेता कार्यकर्ता कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ६ ठूलासैनमा एक कार्यक्रमका बीच उनीहरूलाई एमालेमा स्वागत गरिएको छ।





































