विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भरतपुर महानगरका बागी उम्मेदवार पौडेललाई फकाउन देउवा आज बास बस्ने गरी चितवन जादै

663
shares

काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई मनाउन आफै अग्रसर भएका छन् । उनले बुधबार साँझ पौडेललाई भेटी भरतपुर महानागरको गठबन्धकी उम्मेदवार रेनु दाहाललाई   सघाउने आग्रह गर्ने भएका छन् ।

भोलि हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न देउवा आज अपरान्ह ४ बजे चितवन जाँदैनछन् । प्रधामन्त्रीको निजि सचिवालयले दिएको जानकारी अनुसार उनी आजै चितवन गएर पौडेल सँग भेट गर्नेछन् । कांग्रेसका तर्फ बाट मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेल सहितका नेता कार्यकर्तालाई फकाउन देउवा बास बस्ने गरी चितवन जाने भएका हुन् ।

चितवन जिल्ला सभापति राजेश्वर खनालले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सँग छलफल वातावरणन बनाइरहेको बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports