विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोरखाको पालुङटारमा नगरपालिकामा तोडियो कांग्रेस र जसपा गठबन्धन

793
shares

काठमाडौं ।गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीच तालमेल नहुने भएको छ । कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताएका छन् । त्यसपछि दुबै दल बीच एकल एकल रुपमा नै प्रतिस्पर्धा गर्ने सहमति भएको न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो । त्यस्तै गोरखा नगरपालिकाको मेयरमा जसपाले कांग्रेसलाई सहयोग गर्ने भनिएको थियो, उपमेयर बारे कुनै सहमति भएको थिएन । जसपाले गोरखा नगरपालिकाको उपमेयरमा कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने माग गर्दै आएको थियो र कांग्रेसले अस्वीकार गरेको थियो ।

मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागवण्डामा सहमति नजुटेपछि दुबै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निश्कर्षमा पुगेका हुन् । पालुङटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मेयर, उपमेयर, वडाध्यक्ष लगायतका पदमा एकल उम्मेदवारी दिइसकेका छन् ।

तर कांग्रेस र जसपा बीच केन्द्रस्तरमा सहमति भएपछि कांग्रेसका मेयरका उम्मेदवार दीपकबाबु कँडेलले आफूले केन्द्रको निर्देशन मान्ने भन्दै विज्ञप्ति निकालेका छन् । कांग्रेस जिल्ला सभापति न्यौपानेले पालुङटारमा कांग्रेस एकल रुपमा निर्वाचनमा जाने भन्दै नगरपालिकामा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports