गोली चल्यो पर्सामा
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०८:१३
shares

काठमाडौँ ।पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ । शुक्रबार राती साढे ९ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा गोली चलेको हो ।
दुई राउण्ड गोली चलेको स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको छ ।गोली कसले के कारणले चलायो भन्ने अनुसन्धान भइरहेको जनाए ।





































