२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निजामती सेवाको शाखा अधिकृत देखी सचिव सम्मको दरबन्दी धटाउन प्रस्ताव

1.17K
shares

काठमाडौँ ।निजामती सेवाको शाखा अधिकृत तह देखि सचिव सम्मका पदमा दरबन्दी घटाउन प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले एक तहमुनिको पदमा कार्यरत सम्बन्धित सेवा–समूहका कर्मचारी बाट ब्याच प्रणालीमा बढुवा गरी नासुको पदपूर्ति गर्न सिफारिस गरेको हो ।

कार्यदलले शाखा अधिकृत देखि दरबन्दी घटाउन भनेको छ । शाखा अधिकृतमा आठ हजार सात सय सात, उपसचिवमा तीन हजार ९३ र सहसचिवमा ६ सय २८ दरबन्दी कायम गर्न प्रस्ताव गरेको छ । हाल निजामतीमा आठ हजार सात सय ११ अधिकृत, तीन हजार ९५ उपसचिव र ६ सय ७२ सहसचिव छन् ।

त्यस्तै स्वास्थ्य तर्फ सातौँ तहमा ५३, आठौँमा चार सय ९१, नवौँमा ३२, दशौँमा तीन सय २६, एघारौँमा एक सय २१ र बाह्रौँमा चारजनाको दरबन्दी छ । कार्यदलले दरबन्दी अनुपात सचिव र सहसचिव बीच ४.८७, सहसचिव र उपसचिव बीच ४.९३ र उपसचिव र शाखा अधिकृत बीच २.८२ प्रतिशत कायम गर्न पनि भनेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports