२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले सोमबार उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ सेल ब्रोडकाष्ट प्रणालीको परीक्षण गर्ने

39
shares

काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ ।

त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ ।‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकाष्ट प्रविधिको परीक्षण गरिरहेका छन्,’ दुवै मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस् । कुनै कदम चाल्नु पर्दैन ।’

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेल ब्रोडकाष्ट सिस्टमको परीक्षण भइरहेको बताए । ‘हामीले बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट परीक्षण गरिरहेका छौं,’ घिमिरेले भने, ‘अहिले सीमित उपभोक्ताकोमा मात्रै यस्तो सन्देश प्रवाह हुनसक्छ । तर यो परीक्षणका लागि भएकाले कसैलाई पनि नआत्तिनु भनेका छौं ।’गत १० भदौको भोटेकोशी बाढीपछि दुई टेलिकम कम्पनीहरू नेपाल टेलिकम र एन्सेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्ताहरूको सेटमा बाढीको सतर्कता सम्बन्धी म्यासेज प्रवाह गरेका थिए ।

मोबाइल सेटमा आउने म्यासेज प्रभावकारी नभएको र कतिपयले समयमा म्यासेज हेर्न नपाएको भनी म्यासेज प्रणालीको प्रभावकारीतामाथि प्रश्न उठेको थियो । त्यसको विकल्पको रुपमा सरकारले सेल ब्रोडकाष्टको परीक्षण गरिरहेको हो ।इन्टरनेशनल टेलिकम्यूनिकेस युनियन (आईटीयू)का अनुसार, सेल ब्रोडकाष्ट सिस्टमले कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल सेटहरूमा मोवाइल फोनमा आवाज सहितको सन्देश पठाउनेछ ।

भूकम्प, बाढी, पहिरो लगायत प्रतिकुल मौसमी अवस्थाका बेला सरकारले यस्ता मोवाइल सेटमार्फत अलर्टको सूचना आउँछ । त्यसक्रममा मोवाइलको स्कृनमा अलर्ट सूचना आउनुका साथै आवाज सहित भाइब्रेसन समेत हुन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports