२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली आए

988
shares

तनहुँ ।चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली आएका छन् । शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ आएका हुन् ।

देउवा संगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ आएका छन् । बिहान साढे १० बजे सुरु हुने भनिए पनि बुटवलमा भएको चुनावी सभालाई देउवाले प्राथमिकता दिँदा दमौलीको कार्यक्रम साढे एक बजेलाई सरेको थियो ।

हेलिकप्टर बाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधन चढेर कार्यक्रमस्थलमा पुगेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports