एमाले बाट तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको निधन
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:०१
shares

दाङ ।तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा एमाले बाट उम्मेदवार बनेका चौधरीको सोमबार राति निधन भएको हो ।
चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।
उनको उपचारको क्रममा गएराति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्या बाट पीडित थिए । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उनले काम गरेका थिए ।


































