प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै डडेलधुरा बाट काठमाडौं फर्किने
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:५५
shares

काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुरा बाट काठमाडौं फर्किने भएका छन् ।चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।
‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने । उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


































