kumari
stcnepal

नेपाल आयल निगमले एलईडी बोर्डबाट पेट्रोलियम पदार्थको मूल्यको सूचना दिनसुरू गर्यो

काठमाडौं ।नेपाल आयल निगमले डिजिटल बोर्ड (एलईडी)मार्फत पेट्रोलियम पदार्थको जानकारी दिन सुरू गरेको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको दैनिक मूल्यसूची लगायतको जानकारी दिन थालेको हो ।

निगमको केन्द्रीय कार्यालय टेकूमा राखिएको एलईडी बोर्ड मार्फत उपभोक्तालाई पेट्रोलियम पदार्थ बारे जानकारी दिन थालिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले एलईडी बोर्ड मार्फत डिजेल र पेट्रोलको मूल्यसूची बारे जानकारी दिन सुरू गरिएको बताए ।

यस सँगै बोर्ड मार्फत निगमलाई १५ दिनमा पेट्रोलियम व्यापार मार्फत आएको नाफा घाटा, पेट्रोलियम पदार्थको लागत मूल्य लगायतको सूचना समेत दिइने छ । हाल सम्म निगमले पेट्रोलियम पदार्थको मूल्यसूचीको जानकारी यसरी दिने गरेको थिएन ।

 

 

footer