२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल आयल निगमले एलईडी बोर्डबाट पेट्रोलियम पदार्थको मूल्यको सूचना दिनसुरू गर्यो

702
shares

काठमाडौं ।नेपाल आयल निगमले डिजिटल बोर्ड (एलईडी)मार्फत पेट्रोलियम पदार्थको जानकारी दिन सुरू गरेको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको दैनिक मूल्यसूची लगायतको जानकारी दिन थालेको हो ।

निगमको केन्द्रीय कार्यालय टेकूमा राखिएको एलईडी बोर्ड मार्फत उपभोक्तालाई पेट्रोलियम पदार्थ बारे जानकारी दिन थालिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले एलईडी बोर्ड मार्फत डिजेल र पेट्रोलको मूल्यसूची बारे जानकारी दिन सुरू गरिएको बताए ।

यस सँगै बोर्ड मार्फत निगमलाई १५ दिनमा पेट्रोलियम व्यापार मार्फत आएको नाफा घाटा, पेट्रोलियम पदार्थको लागत मूल्य लगायतको सूचना समेत दिइने छ । हाल सम्म निगमले पेट्रोलियम पदार्थको मूल्यसूचीको जानकारी यसरी दिने गरेको थिएन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports