२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्रीलाई पीएचडीको उपाधि दिने लुम्बिनीमा तयारी

754
shares

काठमाडौँ- बुद्ध जयन्तीमा एक दिनको भ्रमणका लागि लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी विश्वविद्यालय बाट मानार्थ पीएचडी दिने तयारी भइरहेको छ।

मोदीले लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा सहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ। मोदी सोझै लुम्बिनी आउने र त्यहाँ बाट नै फर्कने तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।


मोदी भ्रमणको कार्यतालिका नेपाल र भारतले बिहीबार संयुक्त रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मोदीलाई दिइने भनिएको मानार्थ पीएचडीको तयारी भइरहे पनि दिने/नदिने बारे टुंगो लागिनसकेको विश्वविद्यालयका अधिकारीहरुले जानकारी दिएका छन्।

‘दिने भनेको त हो तर केही प्रक्रिया बाँकी छन्, भ्याइँदैन होला,’ विश्वविद्यालयका एक अधिकारीले भने।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports