२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनीमा उम्मेदवारको निधन भएका दुई स्थानमा जेष्ठ ३ गते निर्वाचन हुने

624
shares

रुपन्देही ।उम्मेदवारकाे मृत्युपछि रोकिएको कपिलवस्तुको महाराजगन्ज र दाङको तुलसीपुर वडा नं १७ मा जेठ ३ गते निर्वाचन हुने भएकाे छ । निर्वाचन आयोगले उम्मेदवारकाे मृत्युपछि रोकिएका निर्वाचन कार्यक्रम जेठ ३ का लागि तय गरेकाे हो ।

आयोगले जेठ ३ मा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगञ्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले जानकारी दिए । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सुभावती कुर्मीको मृत्यु भएकाे थियाे । त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार एमालेका लबरू चौधरीको निधन भएकाे थियाे ।

उम्मेदवारकाे मृत्युपछि सम्बन्धित पार्टीले एकाघरका सदस्यलाई नै उम्मेदवार बनाएका छन् । मृतकका घर बाटै उम्मेदवारी दिँदा सहानुभूतिकाे मत समेत तान्न सकिने ती दलहरुकाे उद्देश्य देखिन्छ । कपिलवस्तुमा कांग्रेसले मृतककी बुहारी र तुलसीपुरमा एमालेले मृतकका छोरालाई उम्मेदवार बनाएका हुन् ।

हृदयघात बाट सुभावतीको मृत्यु भएपछि मृतककी जेठी बुहारी रीताकुमारी कुर्मीकाे उम्मेदवारी दर्ता गरिएको कांग्रेस कपिलवस्तुले जनाएको छ । एमालेले भने जिल्ला सचिवालयको बैठक बसेर लबरूका छोरा प्रदीप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनको बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports