कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिद्धारा निर्वाचनको मुखमा कांग्रेस परित्याग
वि.सं.२०७९ वैशाख २८ बुधवार १९:५६
shares

कपिलवस्तु– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्य समेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टी बाट राजीनामा दिएका छन् ।
समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।

२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन् ।
पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधि समेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।



































