kumari
stcnepal

बैक तथा बित्तिय संस्थाहरु पनि आईतबार पनि बिदा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

राष्ट्र बैंकले सोमवार देखि शुक्रबार सम्म कार्यालयसमय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजे सम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने राष्ट्र बैंकले बताएको छ ।

०७९ सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिन देखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोवार गर्ने शाखा /काउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु बाट सेवाग्राहीले एकै दिनमा पाउने सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

 

footer