विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भयरहित निर्धक्क भएर मतदान गर्न राष्ट्रपतिको आग्रह

598
shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा निर्धक्क र भय रहित भई मतदान गर्न आह्वान गरेकी छन् । बिहीबार एक भिडियो सन्देश मार्फत राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधि बाट शासन सञ्चालन गरेको उल्लेख गरेकी छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै उनले राष्ट्रपतिले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत जनता हुन भन्ने सत्यलाई व्यवहारमै प्रकट गर्ने सन्देशमा उल्लेख गरेकी छन् । भिडियो सन्देशमा भनेकी छन्, ‘समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घर दैलो सम्म पु¥याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्छ ।’

आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको बताउँदै राष्ट्रपति भण्डारीले स्वतन्त्र निष्पक्ष र भय रहित भएर हरेक नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्वाण गर्नु सबैको दायित्व भएको बताएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports