प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको ७२ प्रतिशत सम्म मतदान हुने आँकलन

650
shares

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशत सम्म मतदान हुने आँकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशत सम्म मतदान हुने आँकलन गरेको बताएका हुन् ।

उनले ३ बजे सम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजे सम्म जारी रहने बताए । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरु बीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताए । मतदान कार्य साँझ ५ बजे सम्म चल्ने भएकोले अझै मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने बताए । प्रमुख आयुक्त थपलियाले श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए।


प्रमुख आयुक्त थपलियाले भने, ‘श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग छैन । हाम्रो अपेक्षा ६५ देखि ७२ प्रतिशत सम्म मत खस्न सक्ने भन्ने हो । अहिले केही मतदान केन्द्रहरूको स्थिति हेर्दा त्यो भन्दा माथि पनि पुगेको छ । लोकतन्त्र प्रति आस्थावान् हुनुहुन्छ । यसमा कतै १७ प्रतिशत र त्यो भन्दा पनि कम मतदान अहिले सम्म भएकोले यसमा पनि केही कम हुनसक्ने आँकलन छ ।’

प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिका माथि आक्रमण गर्ने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य हुनुपर्ने मतदानलाई प्रचारप्रसारका लागि सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिसकेको र यदि सत्य प्रमाणित भएमा कानुन अनुसार कारबाही हुने बताए । प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजे बाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिन भित्र सक्ने कार्ययोजना बनाएको बताए । उनले आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports