२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चको एआईका बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश

52
shares

 काठमाडौं । सर्वोच्च अदालतले कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) का बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्विकार गर्ने) आदेश बदर गरेको हो ।विश्वविद्यालयहरूले आफूखसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दावी सहित पेश भएको रिट निवेदन सर्वोचच अदालत प्रशासनले दरपीठ गरेको थियो ।कानूनका विद्यार्थीहरूले कृत्रिम बौद्धिकताका वारेमा राज्यको स्पष्ट नीति र त्यसमा आधार कानून जारी नहुदासम्म विश्वविद्यालयहरूले आफूखुसी रुपमा प्रयोग गर्ने बौद्धिक चोरी नियन्त्रण सम्बन्धी सफ्टवेयर प्रयाग गर्न नहुने माग गरेका थिए ।

नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी कुनै नीति नभएको अवस्थामा त्रिभुवन विश्वविद्यालयले गैर–प्रमाणित र अनुमानित नजिजा दिने सफ्टवेयर प्रयोग गरेर विद्यार्थीहरूले पेश गरेको शोध अध्ययन र अरु परियोजनाहरू अस्विकार गरेको उनीहरूको आरोप थियो ।कानूनका विद्यार्थीहरू रोशन आउजी, विवेक चौधरी लगायतले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालत प्रशासनले उनीहरूको रिट निवेदन स्पष्ट नभएको भनी दरपीठ(दर्ता गर्न अस्विकार गर्ने) आदेश गरेको हो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदनमा बौद्धिक चोरीको विषयवस्तु समेटिएको र त्यसले कानूनका विद्यार्थीलाई असर पर्नसक्ने भन्दै इजलासबाटै न्यायनिरुपणका लागि रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

रिट निवेदकहरूले शैक्षिक क्षेत्रमा एआई डिटेक्सनको वास्तविक आवश्यकता, औचित्यवारे विस्तृत छलफल र अध्ययन हुनुपर्ने माग गरेका थिए । अध्ययन समिति गठन गर्न मागसहित उनीहरूले समितिले दिएको प्रतिवेदनको निष्कर्षका आधारमा मात्रै एआईको प्रयोगसम्बन्धी आवश्यक नीति र कानून निर्माण हुनुपर्ने आदेशको माग गरेका थिए ।उनीहरूका अनुसार, कानून, सूचना प्रविधि, कम्प्युटर विज्ञान साइबर सुरक्षा, भाषा विज्ञान शिक्षा तथा अनुसन्धान क्षेत्रका विषयविज्ञ विश्वविद्यालयका प्राज्ञिक प्रतिनिधि तथा विद्यार्थी प्रतिनिधिसमेत सम्मिलित उच्चस्तरीय विशेषज्ञ समिति गठन गरी शैक्षीक क्षेत्रमा एआई डिटेक्सनवारे अध्ययन हुनुपर्ने थियो ।

‘त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिएर यस्ता अव्यावहारिक नियमहरू लादिरहेका छन्,’ उनीहरूले रिट निवेदनमा भनेका थिए, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत हालसम्म एआईलाई छुट्टै नियमन गर्ने कानुन बनिसकेको छैन भन्ने स्पष्ट उल्लेख हुँदाहुँदै शैक्षिक संस्थाहरूले यसरी अनधिकृत सफ्टवेयरको प्रयोग गर्नु पूर्ण रूपमा गैरकानुनी छ ।’कानूनका विद्यार्थीहरूको दावीमा त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस लगायत अन्य निकायहरूले विभिन्न विदेशी कम्पनीहरूको गैर प्रमाणित र अनुमानित नतिजा दिने सफ्टवेयर कम्पनी प्रयोग गरिरहेका छन् ।

ती सफ्टवेयर कम्पनीहरूले विद्यार्थीहरूले तयार पार्ने जर्नल लेख, विद्यार्थीहरूले तयार पार्ने प्रतिवेदनहरू, शोध र सेमिनार पेपरहरूलाई ती सफ्टवेयरहरूले अस्विकार गर्ने र बन्देज लगायने काम गरिरहेका छन् ।त्यसैका लागि त्रिभुवन विश्वविद्यालयले ‘त्रिवी एन्टी प्लेजारिजम सफ्टवेयर व्यवस्थाप तथा सञ्चालन सम्बन्धी विनियम, २०८० कार्यान्वयनमा ल्याएको छ । र, त्यही सफ्टवेयरका आधारमा त्रिवीले विद्यार्थीहरूले पेश गर्ने शोध तथा अन्य परियोजना कार्य एवं प्रतिवेदनहरूको एआई परीक्षण गरिरहेको छ ।उनीहरूले विदेशी सर्भरमा विद्यार्थीको वैयक्तिक सूचना तथा डिजिटल गोपनियताका विषयहरू पुग्ने गरेको र त्यो काम वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीत भएको दावी गरेका हुन् ।

उनीहरूले मूल ऐन र नियमको अधिकारक्षेत्र बाहिर गई त्रिभुवन विश्वविद्यालयले बनाएका विनियमहरू र त्यसमा आधारित एआई डिटेक्सन र सफ्टवेयरहरूको अभ्यासहरूले आफूहरू प्रत्यक्ष पीडित भएको जिकिर गरेका छन् ।आफूहरूले मौलिक रुपमा लेखेका अंशहरूलाई समेत सफ्टवेयरले ‘लाइक्लि एआई जेनेरेटेड’ भनी देखाउने गरेको र त्यसले गर्दा आफूहरूले बारम्बार सेमिनार पेपर लेख्न, परिमार्जन गर्न र पेश गर्न बाध्य हुनुपरेको उनीहरूको गुनासो छ ।

‘एआई नियमनको अधिकार नेपाल सरकार कार्यविभाजन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यक्षेत्रमा देखिन्छ’ रिट निवेदनमा भनिएको छ, ‘नीतिगत शून्यता भएसम्म विश्वविद्यालय, ल क्याम्पस, प्रेस काउन्सिल, कानून व्यवसायी परिषद् वा रक्षा मन्त्रालयले आफैँ एआई डिटेक्सन गरी दण्ड सिर्जना गर्न मिल्दैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports