नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान
वि.सं.२०८३ मंसिर ८ मंगलवार १५:४०
shares

काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।४ मंसिरको मन्त्रीपरिषद्को बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
योसँगै थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ ।त्यसैगरी उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्राविधिक सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल, शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।






































