२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मंगलवार थप घट्यो काठमाडौं उपत्यकाभित्रको न्यूनतम तापक्रम

403
shares

दिनप्रतिदिन देशभर चिसो बढ्दै र तापक्रम घट्दै गएको छ।

यस क्रममा आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यसभन्दा तल गएको हो।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस देखिएको हो।अझ यो सुरुवाती मापन हो। आज वास्तविक तथा आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ प्रारम्भिक मापनमा देखिएकै तापक्रम कायम रहन पनि सक्छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियसमा झरेको छ। आजको न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे आउँछ।मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports