आज पाँच स्थानको स्थानीय तह निर्वाचन स्थगित
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १७:३४
shares

काठमाडौं ।पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।





































