यस्तो छ काठमाडौंका ११ स्थानिय तहको चुनाबी अबस्था
वि.सं.२०७९ जेठ १ आइतवार १३:५४
shares

काठमाडौं ।काठमाडौंका ११ मध्ये सात स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ । २०७४ को चुनावमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि छन् ।
२,६०१ मत सहित अग्रता लिइरहेका बालेन्द्रलाई एमालेका केशव स्थापितले १,४१५ मत सहित पछ्याइरहेका छन् । २०७४ मा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर जितेका थिए ।
बाँकी १० मध्ये एमालेले कागेश्वरी-मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, बुढानीलकण्ठ र शंखरापुर नगरपालिकामा एमालेको अग्रता छ । कीर्तिपुर, नागार्जुन र दक्षिणकालीमा भने कांग्रेसको अग्रता छ । नागार्जुनमा पनि कांग्रेस बाट निवर्तमान मेयर मोहनबहादुर बस्नेतले २८७ मत ल्याएर अग्रता बनाएका छन् । २०७४ को चुनाव एमालेले जितेको कीर्तिपुरमा यसपटक कांग्रेसले अग्रता बनाइरहेको छ ।






































