खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी
वि.सं.२०७९ जेठ १ आइतवार १५:०६
shares

खोटाङ ।जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । जन्तेढुंगामा एमाले विरुद्ध गठबन्धन बनेको छ ।






































