विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले आज राष्ट्रियसभाका बैठक उभिएर अवरूद्ध गर्यो

871
shares

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रियसभा बैठक सुरु हुना साथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रियसभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसद देवेन्द्र दाहालले बताए ।

उनले आफ्नो दलले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई कारवाही गरिएको सूचना टाँस नगरेर सभामुख सापकोटाले गल्ती गरेको र त्यस गल्तीको आत्मालोचना गरेर उनीहरुलाई कारबाही गरिएको सूचना जारी नगरे सम्म राष्ट्रियसभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने आफ्नो दलको अडान रहेको पनि स्पष्ट पारे । एमालेले आफ्नो दलले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेसम्म संसद चल्न नदिने अडान सहित अवरोध गर्दै आएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports