प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनको कालिका नगरपालिकाको मेयरमा एमालेका विनोद रेग्मी निर्वाचित

598
shares

चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गरेका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले गठबन्धन बाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् । विमलाले १० हजार ४४९ मत ल्याउँदा सविताले ९ हजार ६८८ मत ल्याइन् । कालिकाका वडातह सम्म नै गठबन्धन गरिएको थियो ।

११ वटा वडा रहेको कालिका नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports