linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरबार भित्रै हावाहुरीले रूखको हागा भाचिएर एक कर्मचारीको निधन

650
shares

काठमाडाैँ- हावाहुरीले सिंहदरबार भित्र रुखकाे हाँगा भाच्चिई खसेर लाग्दा सिंहदरबारमा एक कर्मचारीकाे निधन भएकाे छ। निधन  हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भएका २७ वर्षीय विजय कार्की रहेका छन्। उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचककाे रूपमा कार्यरत थिए।

हावाहुरीका कारण विभागकाे कम्पाउन्डमा रहेकाे रुखकाे हाँगा भाँचिएर उनकाे टाउकाेमा लाग्दा गम्भीर घाइते भएका थिए। रुखकाे हाँगा खसेर गम्भीर घाइते भएका कार्कीकाे नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे।

कार्कीकाे शव पाेस्टमार्टमका लागि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा राखिएकाे छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports