सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:५४
shares

जनकपुरधाम ।सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए ।
यस्तै नगरको उपप्रमुखमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता कुमारी यादव ८ हजार ५ सय ७७ मत मात्र पाइन् ।






































