प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी

676
shares

काठमाडौं ।सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ । यसलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छलफल गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानहरु बारे छलफल भएको स्रोतले बतायो । नागरिकता विधेयकमा नेपाली नागरिक सँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ । प्रचण्ड सँगको भेटमा अन्य विधेयकहरु पेश गर्ने, संसदमा भएका विधेयकहरुलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयक रुपमा संशोधन गर्नुपर्ने भएकाले र सत्ता साझेदार दलहरु बीच सहमति आवश्यक भएकाले विधेयकका प्राविधिक विषयहरुमा प्रचण्ड सँग छलफल गर्न गएको ती मन्त्रीले जानकारी दिए । संघीय संसद सचिवालयका अनुसर हाल संसदमा ५७ वटा विधेयक छन् । कतिपय विधेयकहरुमा एकात्मक शासन व्यवस्था अनुरुपका प्रावधानहरु रहेको भन्दै स्वयं प्रचण्डले संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

नेताहरुका अनुसार संसदमा रहेका विधेयकहरुका प्रावधानलाई एकै पटक संशोेधन गरेर अगाडि बढाउने सरकारको तयारी छ । यो विषयमा कानुनमन्त्री बन्दीले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा सँग पनि छलफल गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports